नयाँ भ्याक्सिनको निम्ति नाम दर्ता गर्नुहोस्

कोभिड-१९ पहिलो डोज खोपको लागि स्वैच्छिक आवेदन फारम

नेपाल सरकारले कुनैपनि समयमा नयाँ भ्याक्सिन ल्याउन सक्ने र विभिन्न स्वस्थ केन्द्र मार्फत सर्वसाधारणमा खोप कार्यक्रम संचालन गर्न सक्ने भएको हुदा यहाँले आफ्नो वा आफ्नो नजिकको व्यक्तिहरुको विवरण भरिराख्न सक्नुहुन्छ । खोपको निम्ति आफ्नो विविरण अनलाइन मार्फत नै भर्न मिल्छ भर्नको निम्ति तलको बटनमा क्लिक गर्नुहोला वा उल्लेखित वेवसाइटमा जान सक्नुहुनेछ ।

कोभिड-१९ महामारी बिरुद्धको खोप लगाउनको लागि तपाईको आफ्नो विवरण यस फारममा भर्नुहोस र अरुको विवरण समेत भर्नको लागि आवस्यक भएमा सहयोग गर्नुहोस। तपाईको पुरा नाम, पुरा ठेगाना, जन्म मिति, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, इत्यादी ’bout यस फारममा भर्नु पर्ने हुन्छ।

https://vaccine.mohp.gov.np/


यो फारम किन भर्ने ?
१) तपाईं कुन केन्द्रमा खोप लगाउन चाहनुहुन्छ भन्ने सूचना प्राप्त गर्न
२) यो स्वैच्छिक, व्यक्तिगत आवेदन फारम हो
३) यो फारम हालसम्म खोप नलगाएको १८ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुबाट भर्न आव्हान गरिएको छ
४) यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तर मा खोप संग संबन्धित योजना तथा व्यवस्थापन गर्नका प्रयोग गरिने छ
५) यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने जनाउदैन

४ जेष्ठ २०७८, मंगलवार
Was this article helpful?